मन्त्रिपरिषदको बैठक बस्दै,के गर्ला निर्णय ?
काठमाडौं ८ बैशाख । आज मन्त्रिपरिषको बैठक बस्दैछ । सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बोलाइएको हो । नियमित कामकारवाही तथा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरिरहेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने बताइएको छ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनेछ । सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र प्रशासनले थाहा नपाउँदै मिडिाले कसरी थाहा पाउछन् भन्दै आक्रोश पोखेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मन्त्रिपरिषदको बैठक
ताजा खबर
- १एकै ठाउँमा ७ गाडी दुर्घटनाः २७ घाइतेको उद्धार, २ को अवस्था गम्भीर
- २मलाई जसरी पनि पक्राउ गर्नपर्यो भनेर प्रधानमन्त्री लाग्नुभएको छः ओली
- ३रुपन्देही–२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा
- ४एनपीएल–२ः पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित
- ५महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढ्छः गगन थापा



तपाईको कमेन्ट लेख्नुहोस्