स्वास्थ सामाग्री खरिद प्रकरणमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न प्रतिपक्षी कांग्रेसको माग
काठमाडौं ३० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिततामा मुछिएकाहरुलाई बर्खास्त गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणका विरुद्ध स्वास्थ्य सामाग्री खरिद गर्दा आर्थिक चलखेल भएको दाबी गर्दै बर्खास्त गरेर छानबिन गर्न माग गरेका हुन् । तर, उनले कस कसलाई बर्खास्त गर्ने भन्ने उल्लेख गरेनन् । फेसबुक तथा ट्वीटरबाट प्रत्यक्ष कुरा गर्दै शर्माले आरोपितहरुलाई पदमुक्त गरी छानबिन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रवक्ता शर्माले स्वास्थ्य सामाग्री खरिदमा कमजोरी रहेको बताउदै दुई महिना लामो टेण्डर रद्द गरेर अपारदर्शी रुपमा तीन घण्टामा टेण्डर स्वीकृत गरेको आरोप लगाए । प्रबक्ता शर्माले बजार मूल्यभन्दा बढीमा सामान खरिद गर्नु र किनिएका सामान समेत कम गुणस्तर भएको भन्दै छानविन गर्न माग गरेका छन् । प्रबक्ता शर्माले कांग्रेसले कोरोनाविरुद्धको लडाईमा सरकारलाई सहयोग गरे पनि प्रधानमन्त्री ओलीले आलोचना गरेको भन्दै गुनासो गरेका थिए । उनले सरकारलाई कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्न समयमै आग्रह गरे पनि नसुनेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेस
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्