भारतमा पछिल्लो २४ घण्टामा एक हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण
काठमाडौं ३० चैत । भारतको स्वास्थ्य मन्त्रालयले पहिलो पटक २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण भेटिएको जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयले देशभर ७ हजार ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको र २ सय ३९ जनाको ज्यान गएको जानकारी दिएको छ । टाइम्स अफ इण्डियाले भने आफ्नो मिडिया रिपोर्टमा भारतभर संक्रमित संख्या ८ हजार ४ सय २६ पुगिसकेको र २ सय ९० जनाको ज्यान गएको दाबी गरेको छ । यस्तै भारतको राजधानी दिल्लीमा बितेका २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जुन एकैदिन दिल्लीमा भएको उच्च मृत्यु संख्या हो । पछिल्लो २४ घण्टामा १ सय ६६ वटा नयाँ संक्रमण पुष्टि भएको दिल्लीमा हालसम्म १ हजार ६९ जनामा संक्रमण भेटिएको छ । यो संख्या भारतमा सबैभन्दा बढी संक्रमित भेटिएको महाराष्ट्र राज्यपछि दोश्रो हो । भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्चले १ लाख ६४ हजार ७ सय ७३ जना मानिसको १ लाख ७९ हजार ३ सय ७४ वटा नमुनाको कोरोना परीक्षण गरेको जनाएको छ । भारतमा संक्रमणबाट महाराष्ट्र, दिल्ली, तमिलनाडु, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गना लगायतका राज्य धेरै प्रभावित छन् । जारी संक्रमण संख्यालाई ध्यानमा राख्दै भारतले लकडाउन थप बढाउने योजना बनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ट्याग : #भारतको स्वास्थ्य मन्त्रालय
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्