संघीय संसदले केन्द्रीय राहत कोषमा जम्मा गर्यो १ करोड
काठमाडौं २५ चैत । संघीय संसद् सचिवालयले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड बढी रकम जम्मा गरेको जानकारी गराएको छ । पहिलो चरणमा मंगलबार सचिवालयले महालेखा नियन्त्रकको कार्यालयमार्फत १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ पठाएको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले १ महिनाबराबरको रकम सहयोग गरेका छन् । यस्तै, नेकपा संसदीय दलका १ सय ९५ जना सांसदले आधा महिनाको तलब सहयोग गरेका छन । निजी सचिवालय, स्थायी तथा करार कर्मचारीले पनि कोषमा योगदान गरेका छन् । पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद् प्रदीप यादव र राष्टिय जनमोर्चाकी सांसद् दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि पठाइएको छ । बाँकी सांसदहरूले कोषमा जम्मा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, साहित्य, स्वास्थ्य
ट्याग : #संघीय संसद
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्