संघीय संसदले केन्द्रीय राहत कोषमा जम्मा गर्यो १ करोड
काठमाडौं २५ चैत । संघीय संसद् सचिवालयले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड बढी रकम जम्मा गरेको जानकारी गराएको छ । पहिलो चरणमा मंगलबार सचिवालयले महालेखा नियन्त्रकको कार्यालयमार्फत १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ पठाएको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले १ महिनाबराबरको रकम सहयोग गरेका छन् । यस्तै, नेकपा संसदीय दलका १ सय ९५ जना सांसदले आधा महिनाको तलब सहयोग गरेका छन । निजी सचिवालय, स्थायी तथा करार कर्मचारीले पनि कोषमा योगदान गरेका छन् । पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद् प्रदीप यादव र राष्टिय जनमोर्चाकी सांसद् दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि पठाइएको छ । बाँकी सांसदहरूले कोषमा जम्मा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, साहित्य, स्वास्थ्य
ट्याग : #संघीय संसद
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्