निमन्त्रणा दिएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं १३ मंसिर । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहनुभएका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्किएका छन् । मन्त्री ज्ञवाली शुक्रबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी दिए । दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत बताए । परराष्ट्रमन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लािग गत शनिबार रुसको राजधानी मस्को पुगेका थिए । उनले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #परराष्ट्रमन्त्री ज्ञवाली
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्