भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी, आइसीयूमा राखेर उपचार हुँदै
काठमाडौं २६ कार्तिक । भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । ९० वर्षीया लता मंगेशकरको आईसीयूमा उपचार भैरहेको र अवस्था स्थिर रहेको जनाइएको छ । भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #गायिका लता मंगेशकर गम्भीर बिरामी
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्