उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस
काठमाडौं १९ कार्तिक । मंसिरमा हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अझै उमेदवार टुंगो लगाउन सकेको छैन । नेपाल कम्युनिष्ट पार्टीसहित साना दलले उमेदवार घोषणा गरिसकेको भएपनि कांग्रेस अझै आन्तरिक छलफलमा ब्यस्त छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न कांग्रेसले मंगलबार पनि पदाधिकारी बैठक बोलाएको छ । बैठकले उमेदवार चयन गर्ने तयारी गरेको छ । त्यसअघि निर्वाचन हुने जिल्ला र क्षेत्रबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुसँग पनि छलफल गर्ने कांग्रेसले जनाएको छ । यसअघि केन्द्रीय कार्यसमितिले उमेदवारको टुंगो लगाउने जिम्मेवारी पदाधिकारीलाई सुम्पिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कांग्रेसलाई सकस
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्