नेपाली कांग्रेस पदाधिकारी बैठक
काठमाडौं ६ कार्तिक । नेपाली कांग्रेस पदाधिकारीको बैठक बुधबार पनि बस्ने भएको छ । बिहिबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने एजेण्डाका बारेमा साझा धारणा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनका बारेमा बैठक केन्द्रित रहने जनाइएको छ । कांग्रेसले उपनिर्वाचनका बारेमै छलफल गरेर पार्टीबाट निर्वाचन लड्ने उमेदवारका बारेमा आवश्यक निर्णय गर्न बिहिबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बूढानीलकण्ठमै मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकमा पनि उपनिर्वाचनलगायतका बिषयमा अनौपचारिक छलफल भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेस
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्