सिंगापुरबाट दुई सातापछि फर्किए प्रधानमन्त्री ओली

काठमाडौं २० भदौ । सिंगापुरको दुई सातासम्मको उपचार सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएछन् । प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिंगापुर गएका हुन् । थाइ एयरवेजको विमानबाट उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगातका मन्त्री तथा नेताहरु विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरपुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे समेत छलफल गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्य लगायत सहभागी रहेका थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा.दिव्यासिंह शाह भने यसअघि साउन २७ गते अस्पतालमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओली स्वदेश फर्किने भएपछि आधा घण्टा बिमानस्थलमा बाह्य तथा आन्तरिक उडान रोकिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pm pharkiya
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्