सिंगापुरबाट दुई सातापछि फर्किए प्रधानमन्त्री ओली
काठमाडौं २० भदौ । सिंगापुरको दुई सातासम्मको उपचार सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएछन् । प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिंगापुर गएका हुन् । थाइ एयरवेजको विमानबाट उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगातका मन्त्री तथा नेताहरु विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरपुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामबारे समेत छलफल गरेका थिए । प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्य लगायत सहभागी रहेका थिए । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा.दिव्यासिंह शाह भने यसअघि साउन २७ गते अस्पतालमा स्वास्थ्य परीक्षणपछि स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओली स्वदेश फर्किने भएपछि आधा घण्टा बिमानस्थलमा बाह्य तथा आन्तरिक उडान रोकिएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pm pharkiya
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्