योगेश भट्टराईले दिए नेतृत्वलाई पाँच सुझाब
काठमाडौं ८ साउन । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीमा देखिएको अन्तर बिरोधलाई समाधानका लागि पाँच सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत कार्यविभाजन र जिम्मेवारी बाँडफाडमा ध्यान दिन नेतृत्वलाई पाँच सुझाव दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् । नेकपामा कार्यबिभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भइरहेको सन्दर्भमा निम्न बिषयमा नेतृत्वको ध्यानाकर्षण गर्दछु ।
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।
२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।
३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।
४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दन्डित गर्ने पारीपाटी बसालौ ।
५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति
ट्याग : #yogesha sujhab
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्