कम्मरमा २ किलो सुन लुकाउने १७ वर्षे युवक पक्राउ
काठमाडौं ५ साउन । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् । भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसमा चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए । कालो टेपले बेरेर सेतो पोलिथिनमा कपडाले कम्मरमा बाँधेर सुन लुकाइएको अवस्थामा भेटिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #sun
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्