कम्मरमा २ किलो सुन लुकाउने १७ वर्षे युवक पक्राउ
काठमाडौं ५ साउन । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट दुई किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटको टोलीले भैरहवाबाट आउँदै गरेको ट्रकबाट सुन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रसुवाका १७ वर्षीय भीमबहादुर तामाङ छन् । भैरहवाबाट काठमाण्डौँतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसमा चेकजाँचका क्रममा उनी पक्राउ परेका थिए । कालो टेपले बेरेर सेतो पोलिथिनमा कपडाले कम्मरमा बाँधेर सुन लुकाइएको अवस्थामा भेटिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #sun
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्