किन बढ्यो यति छिट्टै १२ प्रतिशत सार्वजनिक सवारीको भाडा
काठमाडौं ३० जेठ । सरकारले सार्वजानिक यातायातका भाडा बृद्धि गरेको छ । सरकारले हाल कायम भाडामा १२ प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो । सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी सबै खाले भाडा वृद्धि भएको हो । विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतलाई आधार बनाएर नयाँ भाडादर कायम भएको जनाएको छ । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ । बिहिबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय गरि गरिएको विभागले जनाएको छ । लामो समयदेखि यायायात व्यवसायीले भाडादर समायोजन गर्ने माग गर्दै आएका थिए । सोही अनुसार भाडादर समायोजन गरिएको विभागले जनाएको छ । ६ महिनाअघि पनि सवारी साधनमा भाडा बढाइएको थियो । यति छिट्टै भाडा बढाएपछि यात्रुहरु भने मर्कामा परेका छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #vadha badyo
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्