चेल्सीसँग नयाँ सम्झौता गरे ओलिभर जिरउडले

काठमाडौं ८ जेठ । चेल्सीका स्ट्राइकर ओलिभर जिरउडले क्लबसँग नयाँ सम्झौता गरेका छन् । ३२ वर्षका जिरउडले चेल्सीसँग सन् २०१९–२० को सिजनको अन्त्यसम्म रहने गरि सम्झौता गरेका हन् । विश्वकप विजेता फ्रान्सेली खेलाडी जिरउडले नयाँ सम्झौताबाट आफू निकै खुशी रहेको जानकारी दिए । आफू कम्तिमा अझै एक वर्ष क्लबमै रहन चाहेको र नयाँ सम्झौताले त्यो पूरा भएको उनले उल्लेख गरे । उनको यसअघिको सम्झौता यहि समरमा सकिँदै थियो । अनुभवी जिरउड सन् २०१८ को जनवरीमा लण्डनको अर्को प्रतिस्पर्धी क्लब आर्सनलबाट चेल्सी आएका हुन् । उनले चेल्सीबाट अहिलेसम्म ६२ खेलमा १७ गोल गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्