Techie IT
  • ३ असार २०८२, मंगलबार
KhojPatrika

हात्तीले किच्दा वृद्धाको ज्यान गयो


सिरहा ४ जेठ । सिराहामा हात्तीले आक्रमण गर्दा एक वृद्धाको ज्यान गएको छ । गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया पाख्रीनको हात्तीले किच्दा ज्यान गएको हो । छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला हात्तीले आक्रमण गर्दा पाखी्रनकोे मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । महिलाको शव पोष्टमार्टमको लागि रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं