पोर्चुगलमा पर्यटक बस दुर्घटना, २८ जनाको मृत्यु
एजेन्सी ५ बैशाख । जर्मन पर्यटक सवार बस पोर्चुगलको मदेइरामा दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर ठूलो दुर्घटना भएको हो । बानिको बजारमा भएको दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । नेपाली समय अनुसार बुधबार राति सवा ११ बजे दुर्घटना भएको हो । चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाइएको छ । सडकबाट तल खसेको बस ‘ओभरटर्न’ भएर तल रहेको घरमा ठोक्किएको हो । स्थानीय मेयर फिलिपे सोउसाले दुर्घटनाग्रस्त बसमा रहेका सबै पर्यटक जर्मन रहेको तर घाइते हुने तथा निधन हुनेमा केही स्थानीय बासिन्दा पनि रहेको हुन सक्ने बताएका छन् । अहिलेसम्म ज्यान गुमाएको पुष्टि भएका मध्ये ११ जना पुरुष र १७ जना महिला छन् । बसमा ५५ जना यात्रु रहेको बताइएको पोर्चुगलको राष्ट्रिय समाचार संस्था लुसाले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्