पोर्चुगलमा पर्यटक बस दुर्घटना, २८ जनाको मृत्यु
एजेन्सी ५ बैशाख । जर्मन पर्यटक सवार बस पोर्चुगलको मदेइरामा दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । जर्मन पर्यटक सवार बस पोर्चुगलको आइल्याण्ड मडेइरामा सडकबाट खसेर ठूलो दुर्घटना भएको हो । बानिको बजारमा भएको दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । नेपाली समय अनुसार बुधबार राति सवा ११ बजे दुर्घटना भएको हो । चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको जनाइएको छ । सडकबाट तल खसेको बस ‘ओभरटर्न’ भएर तल रहेको घरमा ठोक्किएको हो । स्थानीय मेयर फिलिपे सोउसाले दुर्घटनाग्रस्त बसमा रहेका सबै पर्यटक जर्मन रहेको तर घाइते हुने तथा निधन हुनेमा केही स्थानीय बासिन्दा पनि रहेको हुन सक्ने बताएका छन् । अहिलेसम्म ज्यान गुमाएको पुष्टि भएका मध्ये ११ जना पुरुष र १७ जना महिला छन् । बसमा ५५ जना यात्रु रहेको बताइएको पोर्चुगलको राष्ट्रिय समाचार संस्था लुसाले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्