कप्तान रोहित आउट, नेपाललाई चौथौ झट्का

काठमाडौँ ३० चैत । मलेसियामा जारी आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा अहिले नेपालले युनाईटेड अरब इमिरेट्स युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । २४ औँ ओभरको खेल चलिरहँदा नेपालले चार विकेट गुमाएको छ । कप्तान रोहित कुमार पौडेल २३ बलमा १८ रन बनाएर आउट भए । त्यस्तै सन्दीप जोरा ७ बलमा ४ रन बनाएर आउट भए । रित गौतम ६४ बलमा ४१ रन बनाएर खेलिरहेका छन् । नेपालको खातामा १ सय ११ रन पुगेको छ । शुक्रबार सिंगापुर विरुद्धको पहिलो खेलमा नेपालले शानदार जित निकालेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्