बोइङले घटायो ७३७ मोडलको विमान उत्पादन
काठमाडौंं २३ चैत । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा अस्थायी रूपमा कटौती गर्न लागेको छ। एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ। बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो। इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए।
प्रारम्भिक अनुसन्धानहरूले विमानलाई धेरै ठाडो हुनबाट रोक्ने ुएन्टिस्टलु प्रणालीमा समस्या भएको देखाएपछि सो मोडलका जेटहरू अहिले उडानबाट हटेका छन्। गत मार्चमा एथियोपियन एअरलाइन्सको ७३७ म्याक्स मोडलको विमान आदिस अबाबाबाट उडेको केही मिनेटभित्रै दुर्घटनाग्रस्त भएको थियो। पाँच महिनाअघि इन्डोनेशियाको लायन एअरको सोही मोडलको विमान जकार्ताबाट उडेको केही समयमा समुद्रमा खसेको बिबिबसीले उल्ल्ेख गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश
ट्याग : #boing
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्