देशभर बिहानैदेखि कालो बादल, हावाहुरीको सम्भावना
काठमाडौँ २३ चैत । देशभरको मौसम बदली भएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि अँध्यारो भएको भन्दै बादल भएको छ । मेघ गर्जनसहित पानी पर्ने खालको मौसमी प्रणालीका कारण विशेष गरि काठमाडौँ उपत्यका र आसपासको क्षेत्रमा बढि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय स्थानमा पानी परिरहेको छ । बिहारमा बनेको न्यून चापियन क्षेत्र र पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यका र पूर्वका क्षेत्र तथा आसपासका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि कालो बादलसहित मेघ जर्गन भएको छ । तराईको क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिनभरि जस्तो नै बदली, वर्षा र हावाहुरीको अवस्था रहने जनाइएको छ । सबैलाई सचेत हुन समेत आग्रह गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्