नेकपामा ४ सय ४१ केन्द्रीय सदस्य बेरोजगार
काठमाडौं १६ चैत । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ महिनाको अवधिमा प्रदेश कमिटिलाई पूर्णता दिनेबाहेक अनय सांगठनिक एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । एकता प्रक्रिया लम्बिएको भन्दै केन्द्रीय सदस्यहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका नेपाल समाचारपत्रमा छापिएको छ ।
क्याटेगोरी : पत्रपत्रिका, राजनीति
ट्याग : #hot
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्