स्वाथ्य तथा जनसंख्या बिषयको पनि प्रश्नपत्र बाहिरियो
काठमाडौं १५ चैत । प्रदेश दुईमा एइइको परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र बाहिरिने क्रम अझै रोकिएको छैन् । प्रश्नपत्र बाहिरिएकै कारण शुक्रबारको परीक्षा स्थगित भएको थियो । तर, फेरि शनिबार हुने भनिएको स्वाथ्य तथा जनसंख्या बिषयको प्रश्नपत्र पनि बाहिरिएको छ । शुक्रबार साँझ सो प्रश्नपत्र बाहिरिएको हो । स्वाथ्य बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले प्रश्नपत्र चेक गरेरै मात्र परिक्षा सञ्चालन गर्न निर्देशन दिएपनि प्रश्नपत्र बाहिरिने क्रम रोकिएको छैन् । शुक्रबार दिनभर प्रदेश दुईमा अभिभावक र बिद्यार्थीले प्रदर्शन गरेका थिए । मुख्यमन्त्री लालबाबु राउतले भने शिक्षामन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्