ओलीसहित ९ जनामाथि संगठित अपराधविरुद्धको मुद्दा

काठमाडौं १० चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वालीसहित ९ जनालाई संगठित अपराध विरुद्धको मुद्दा लगाइएको छ । आइतबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएका उनीहरुविरुद्ध संगठित अपराध विरुद्धको मुद्धामा थप ८ दिन थुनामा राख्ने आदेश दिएको हो । नेता ओलीसहित ९ जनालाई शनिबार काभ्रेको खानीखोलाबाट प्रहरीले पक्राउ गरेको थियो । नेकपाका मध्य कमाण्ड इन्चार्ज समेत रहेका वलीविरुद्ध ललितपुरको नख्खुमा रहेको एनसेल प्रालिको मुख्यालयमा शक्तिशाली वम विष्फोट गराउनमा जिम्मेवार रहेको प्रहरीको आरोप छ । फागुन १० गते भएको उक्त विष्फोटको जिम्मा ओलीले लिएका थिए । नेता वलीसँगै नेकपाका नेताहरु विजय श्रेष्ठ, शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जिव कार्की, देव घिमिरे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु विरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १सुदूरपश्चिमका वन मन्त्रीलाई राजीनामा दिन दवाव
- २इजरायल र इरानका नेपालीलाई परराष्ट्रले भन्यो-बाहिर ननिस्कनू, नेपालबाट त्यता नजानू
- ३बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको छलफल, धेरैपछि गगन थापाको पनि इन्ट्री
- ४चक्रे मिलनमाथि खुँडा प्रहारले गयो दिपक मनाङेको सांसद पद
- ५शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
तपाईको कमेन्ट लेख्नुहोस्