कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्धारा तीन जना सल्लाहकार नियुक्त
सुर्खेत ९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सल्लाहकार नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले शनिबार बसेको मन्त्रीपरिषदको बैठक मार्फत तीन जनालाई मनोनयन गरेका हुन् । उनले राजनीतिक सल्लाहकारमा भिम प्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा जनकनाथ योगी र प्रशासनिक सल्लाहकारमा रत्न गाहामगरलाई मनोनयन गरे । त्यस्तै, बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगको गठन, काम कर्तब्य अधिकार सम्बन्धमा ब्यवस्था गर्न बनेको बिद्येयक पेश गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ । प्रादेशिक जडिबुटी तथा शित भण्डार निर्माण कार्यलाई राष्टिय प्राथमिकताको आयोजनामा सिफारिस गर्ने र स्वीकृतिका लागि संघीय सकरकारसँग अनुरोध गर्ने पनि निर्णय गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्