ओमानसंग नेपालको प्रतिष्पर्धा
काठमाडौं ८ चैत । एएफसी यू २३ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपाल र ओमानसंग प्रतिस्पर्धा गर्देछन् । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा नेपालले ओमानको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार बेलुका ७ बजेर ४५ बजे सुरु हुनेछ । ओमानविरुद्ध मैदान उत्रदा नेपाल सकारात्मक नजिता ल्याउने योजनासहित मैदान उत्रने छ । प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीविरुद्ध दबाबरहित सकारात्मक नजिता ल्याउने योजनासहित मैदान उत्रने जानकारी दिए । ‘फिफा वरियता, पूर्वाधार, प्रदर्शन सबै हिसाबले ओमान हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं सकारात्मक नतिजाको अपेक्षा गछौं,’ प्रशिक्षक महर्जनले भने । फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा रहेको छ । तर, यू–२३ उमेर समूहमा नेपाल र ओमान पहिलो पटक खेल्न लागेका हुन् । सिनियर टोलीमा भने नेपालविरुद्ध ओमान हाबी हुन्डिया आएको छ । यस्तै ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा मार्च २४ मा आयोजक कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।छनोटको शीर्ष टोलीले एएफसी यू २३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पनि पाउनेछन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्