Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

दर्ता नगरे फेसबुक बन्द हुने


काठमाडौ ४ चैत । काठमाडौंबाट प्रकाशित आजका दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा पनि अनियमितता र बेथितिसँग सम्बन्धित विषय प्राथमिकतामा परेका छन् । त्यस्तै, राजनीति, सुरक्षालगायत विषयलाई पनि पत्रिकाहरुले स्थान दिएका छन् । कान्तिपुरले मेडिकल कलेजको अवैध असुलीबारे मुख्य समाचार बनाएको छ । ‘लाखौं ठग्दै मेडिकल कलेज’ शीर्षक समाचारमा सुदीप कैनी लेख्छन्– ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरक–फरक शीर्षक र दरमा लाखौं रकम अवध रुपमा असुल्ने गरेको पाइएको छ । सामाजिक सञ्जालबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्त गरकेो धारणालाई पनि कान्तिपुरले समेटेको छ । समाचार अनुसार, मन्त्री बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपयोगको थलो मात्र हुन नदिने बताएका छन् । नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने उनले बताए । विप्लव समूह सुध्रिए सरकारले स्पेस दिने भनेर सञ्चारमन्त्रीले व्यक्त गरेको भनाइलाई गोरखापत्रले प्राथमिकताका साथ छापेको छ ।


क्याटेगोरी : पत्रपत्रिका, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं