मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित
काठमाडौं ४ चैत । स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनसहित बार्सिलोनाले ला लिगा फुटबलमा १० अंकको अग्रता लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा मेस्सीको ह्याट्रिकको सहयोगमा बार्सिलोनाले रियल बेटिसमाथि ४–१ को जित निकाल्यो । अवे मैदानमा भएको खेलमा मेस्सीले पहिलो हाफमा दुई गोल गरे । दोस्रो हाफमा उनले एक गोल थपे भने लुइस स्वारेजले एक गोल गरे । यस्तै रियल बेटिसले पनि दोस्रो हाफमा नै एक गोल फर्काएको थिए । १८ औँ मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए। ६३ औँ मिनेटमा स्वारेजले गोल गरेपछि बार्सिलोनाको अग्रता ३–० मा पुग्यो । ८२ औँ मिनेटमा रियल बेटिसका लागि मोरोनले एक गोल फर्काएका थिए । ८५ औँ मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले ला लिगामा गरेको यो ३३ औँ ह्याट्रिक हो । बार्सिलोना ४–१ ले विजयी भयो । जितपछि शीर्षस्थानको बार्सिलोनाको २८ खेलबाट ६६ अंक भएको छ र उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अघि रहेको छ । आइतबार राति भएका अरु खेलमा सेभिल्लाले स्पानियोललाई १–०, रियल लाडोलिडले एइबरलाई २–१ तथा भिल्लाारियलले रायो भालेकानोलाई ३–१ ले हरायो । यस्तै भ्यालेन्सिया र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्