Techie IT
  • ४ असार २०८२, बुधबार
KhojPatrika

क्राइस्टचर्च गोलीकाण्ड भएको स्थानमा पुगिन प्रधानमन्त्री


काठमाडौं २ चैत । न्युजिल्याण्डमा कम्तिमा ४९ जनाको ज्यान जाने गरि शुक्रबार क्राइस्टचर्चका दुई मस्जिदमा भएको आक्रमणपछि प्रधानमन्त्री पुगेकी छन् । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र क्राइस्टचर्चकी मेयर लियानी डाँल्जेलले क्राइस्टचर्चका मुस्लिम समुदाय र मृतकका आफन्तसँग भेटघाट गर्न सो स्थानमा पुगेकी हुन् । भेटमा उनीहरुले पीडित र उनीहरुका परिवारका सदस्यालाई सान्त्वना दिने प्रयास गरिन । देश पीडितको पक्षमा रहेको र आतंकवाद विरुद्ध लाग्ने प्रतिबद्धता प्रधानमन्त्री ज्यासिन्डाले व्यक्त गरेकी छन् । दुई मस्जिदमा भएको आक्रमणमा अरु ४८ जना घाइते भएका छन् र घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ ।अस्ट्रेलियाली नागरिकले गरेको आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश मुस्लिम समुदायका छन् । यस्तै मृतकको अन्तिम संस्कार उनीहरुको धार्मिक संस्कार अनुसार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता पनि प्रधानमन्त्री ज्यासिन्डा र क्राइस्टचर्चकी मेयर लियानीले व्यक्त गरेका छन् । यसैबिच आक्रमणमा संलग्नलाई अदालतमा पेश गरिएको छ । शुक्रबार भएको आक्रमणमा संलग्न अस्ट्रेलियाका २८ वर्षे ब्रेन्टन ट्यारेन्ट रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ । उनलाई जेलको सेतो लुगा र हत्कडी लगाएको अवस्थामा अदालत पेश गरिएको हो ।उनीविरुद्ध अरु मुद्दाहरु पनि दर्ता हुने सम्भावना छ । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नका अनुसार ट्यारेन्टसँग पाँचवटा बन्दुक थियो । यस्तै उनीसँग फायरआर्म्सको लाइसेन्स पनि थियो । प्रधानमन्त्री ज्यासिन्डाले बन्दुक सम्बन्धी देशको कानुन परिवर्तन गरिने बताएकी छन् ।


क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं