पूर्वराजा शाह उदयपुरमा
उदयपुर २ चैत । मध्य तराईको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार गाईघाट पुगेका छन् । शाहले गाईघाटको बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्न आएका हुन्। राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व(राजा शाहले पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । ‘स्वागतका लागि जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाटलगायत स्थानमा गेट र व्यानरले सजाइएको छ । पूर्व राजा शाहले दिउँसो २ बजे पूजा पाठ गर्ने कार्यक्रम छ।’ ‘पूर्वराजा शाह पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उनलाई स्थानीयवासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठन स्वागतमा जुटेका छन्। राधाकृष्ण मन्दिरलाई सिँगारिएको छ। पूर्व(राजा शाह उदयपुरमा करिब २ घण्टासम्म रहने कार्यक्रम तय भएको बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको आन्तरिक तयारीमा जुटेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्