बिप्लवको कडा बिज्ञप्ती, ३० गते नेपाल बन्द
काठमाडौं २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपालाई लुटेराको संज्ञा दिएपछि उक्त दल थप सरकारसँग चिढिएको छ । उसले केपी ओली नेतृत्वको सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि गरेको दमनको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विज्ञप्तिमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले धम्की र प्रहरी परिचालन गरिरहेको भन्दै आपत्ति जनाएको छ । उसले सरकारी दमन नरोकिए त्यसको प्रतिरोध गर्ने समेत चेतावनी दिएको छ । आफना नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत शनिबार र आइतबार प्रचार प्रसार गर्ने, फागुन २७ गते कोणसभा गर्ने , फागुन २८ गते सरकारविरुद्ध र्याली निकाल्ने कार्यक्रम छन् । त्यसैगरी फागुन २९ गते मसाल जुलुसहितको र्याली निकाल्ने र फागुन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ । केही दिन अघि भएको कपिलवस्तुको गोली काण्ड, देशभर सेना–प्रहरी परिचालन गरी गरिएको दमनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ । बिप्लव लगायतका केही नेता यतिबेला भूमिगत जस्तै बनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्