रौतहटमा नेकपाको आमसभा
रौतहट २५ फागुन । नेकपाले रौतहटमा आमसभा सुरु गरेको छ । कार्यक्रमस्थल गरुडामा प्रदेश २ र रौतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारण आएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल पुगेका छन् ।
सभाको सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ। निर्वाचन र पार्टी एकतापछि नेकपा पहिलो पटक मधेसमा आमसभा गइरहेको छ। कार्यक्रमको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्