रौतहटमा नेकपाको आमसभा
रौतहट २५ फागुन । नेकपाले रौतहटमा आमसभा सुरु गरेको छ । कार्यक्रमस्थल गरुडामा प्रदेश २ र रौतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारण आएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल पुगेका छन् ।
सभाको सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ। निर्वाचन र पार्टी एकतापछि नेकपा पहिलो पटक मधेसमा आमसभा गइरहेको छ। कार्यक्रमको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- २करिब २० हजारले घट्यो सुनको मूल्य
- ३इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने
- ४अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्ः प्रधानमन्त्री कार्की
- ५बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो



तपाईको कमेन्ट लेख्नुहोस्