पूर्वउपप्रधानमन्त्री अधिकारीको क्लिनिकल रूपमा मृत्यु
धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितबारे नेकपाका नेताले अस्पताल पुगी जानकारी लिएका छन्। नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर बाहिर आएपछि उनीहरूले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् । चिकित्सकको भेटपछि नेता कृष्णगोपाल श्रेष्ठले अधिकारीको क्लिनिकलरुपमा मृत्यु भइसकेको जानकारी दिए ।
प्रविधिकरुपमा मात्र उहाँ जीवित हुनुहुन्छ, उहाँको सबै परिवारका सदस्य राजधानी आएपछि चिकित्सकले औपचारिक रुपमा मृत घोषणा गर्ने श्रेष्ठले बताए । शनिबार नेकपाका वरिष्ठ नेता माधव नेपाल, नेता वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिएका छन् । मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत उनलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. भाष्करराज पन्तका अनुसार उनको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन्। बितेका २४ घण्टादेखि पिसाब बन्द भएको छ। गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनःभर्ना गरिएको थियो। ह्याम्स अस्पतालमा उनको उपचारमा डा.भगवान् कोइराला, डा मनबहादुर केसी र डा.अर्जुन कार्कीलगायतका संलग्न छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #hot
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्