आयकर तिनुपर्ने सर्वाेच्चको आदेशपछि एक्जियटाको यस्तो दाबी
काठमाडौं– सर्वाेच्च अदालतले एनसेल र एक्जियटा कम्पनीबाटै आयकर उठाउन सरकारलाई आदेश गरेको केही दिनमै मलेसियाको एक्जियटा कम्पनीको प्रतिक्रिया सार्वजनिक भएको छ।
मलेसियास्थित एज फाइनान्सियल डेलीसँग कुरा गर्दै एक्जियटाले एनसेल, रेनल्डस् र एक्जियटा युकेलाई नेपालको ठूला करदाता कार्यालयले ‘क्लियरेन्स’ दिएको दाबी गरेको छ ।
सन् एक्जियटाले २०१७ मा नै ठूला करदाता कार्यालयले पठाएको पत्रमा बिक्रेता टेलियाले तिर्नुपर्ने पुँजीगत लाभकरको बारेमा कुनै पनि दायित्व निर्वाह गर्नु नपर्ने भनिएको पनि एक्जियटाले जनाएको छ।
यद्यपि, नेपालको अदालतको निर्णयको कुनै पनि जानकारी नआएको समेत उसले जनाएको छ । सर्वोच्च अदालतले गत बुधबार परमादेश जारी गरेकोे थियो ।
स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर २०७२ पुस ७ गते मलेसियाको एक्जियटा कम्पनीलाई विक्री गरेको थियो । कम्पनीले ८० प्रतिशत सेयर १ खर्व ४३ अर्व रुपैयाँमा बिक्री गरेको थियो । उक्त रकमको लाभकर नेपाल सरकारले लिने विषयमा लामो समय देखि विवाद हुँदै आएको छ ।
क्याटेगोरी : अर्थ, ब्रेकिंग न्युज
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्