Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आयकर तिनुपर्ने सर्वाेच्चको आदेशपछि एक्जियटाको यस्तो दाबी


काठमाडौं– सर्वाेच्च अदालतले एनसेल र एक्जियटा कम्पनीबाटै आयकर उठाउन सरकारलाई आदेश गरेको केही दिनमै मलेसियाको एक्जियटा कम्पनीको प्रतिक्रिया सार्वजनिक भएको छ।

मलेसियास्थित एज फाइनान्सियल डेलीसँग कुरा गर्दै एक्जियटाले  एनसेल, रेनल्डस् र एक्जियटा युकेलाई नेपालको ठूला करदाता कार्यालयले ‘क्लियरेन्स’ दिएको दाबी गरेको छ ।

सन् एक्जियटाले २०१७ मा नै ठूला करदाता कार्यालयले पठाएको पत्रमा बिक्रेता टेलियाले तिर्नुपर्ने पुँजीगत लाभकरको बारेमा कुनै पनि दायित्व निर्वाह गर्नु नपर्ने भनिएको पनि एक्जियटाले जनाएको छ।

यद्यपि, नेपालको अदालतको निर्णयको कुनै पनि जानकारी नआएको समेत उसले जनाएको छ । सर्वोच्च अदालतले गत बुधबार परमादेश जारी गरेकोे थियो ।

स्विडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर २०७२ पुस ७ गते मलेसियाको एक्जियटा कम्पनीलाई विक्री गरेको थियो । कम्पनीले ८० प्रतिशत सेयर १ खर्व ४३ अर्व रुपैयाँमा बिक्री गरेको थियो । उक्त रकमको लाभकर नेपाल सरकारले लिने विषयमा लामो समय देखि विवाद हुँदै आएको छ ।


क्याटेगोरी : अर्थ, ब्रेकिंग न्युज

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं