पर्सामा लागुऔषध कारोबारीको भागाभाग, १ लाख १० हजार भारतीय रुपैयाँ बरामद
काठमाडौं । पर्साको जगरनाथपुर ६ स्थित मनियारीमा लागुऔषध कारोबारीको भागाभाग भएको छ । कारोबारी भाग्दा १ लाख १० हजार भन्दा बढी भारतीय रुपैयाँ सशस्त्र प्रहरीले बरामद गरेको छ । मनियारीस्थित एक विद्यालयमा लागुऔषध, गाँजा र चरेसको कारोबार भइरहेको विशेष सूचनाको आधारमा पोखरीयाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालको नेतृत्वमा गएको टोलीले १ लाख १० हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद गरेको हो ।
तीन/चार जनाको समूहमा रहेको कारोबारीहरु शनिबार बिहान साढे ९ बजे सशस्त्र प्रहरी घट्नास्थल पुग्नेवितिकै पैसा छाडेर फरार भएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले जानकारी दिए । फरार भएकाहरुको खोजी कार्य जारी रहेको बताइएको छ । बरामद गरिएको रकम आइतबार आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #breeking, #सशस्त्र प्रहरी
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्