रोमारोशन कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव फेला
अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका कैलाशखोलाले बगाएका १७ जना मध्ये ६ जनाको शव भेटिएको छ । मंगलबाररातिको अबिरल वर्षासँगै आएको बाढीले रामारोशन गाउँपालिका ५ सैनिबजारबाट बगाएका १७ जना मध्ये ६ जनाको शव कैलाशका विभिन्न स्थानमा भेटिएको हो। ४ जनाको बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको बताइएको छ ।
यस्तै २ जनाको मंगलसेन नगरपालिका ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानीयले बताएका छन् । जनप्रतिनिधि, प्रहरी, स्थानीयको टोली उद्धारका लागि सैनिबजारमा खटिएका छन् । हेलिकप्टर मार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #रामारोशन, #वर्षासँगै आएको बाढी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्