काठमाडौं उपत्यकामा २३ सहित थपिए २ सय ५५ कोरोना संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा थप २३ सहित पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । पछिल्लो २४ घन्टामा २५३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७ हजार ७५२ पुगेको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।
कुन–कुन जिल्लामा थपिए नयाँ संक्रमित
सबैभन्दा धेरै कैलालीमा ३६ जना, रौतहटका ३३ जना, अछामका १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४र१४ जना, डोटी र कञ्चनपुरका १२र१२ जना, झापाका ८, रुकुम पश्चिम र ललितपुरमा ७ जना, चितवन, पाल्पा, दैलेख र अछाममा ५र५ जना, मोरङ, सप्तरी र बझाङमा ४र४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३र३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २र२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् । देशभरका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ स्वाबको नमुना परीक्षण भएको छ । अहिलेसम्म २ लाख ६६ हजार ५ सय ५७ जनाको पीसीआर जाँच गरिएको छ । बुधबार थप एक जिल्ला कोरोना मुक्त भएसँगै देशका ७७ जिल्लामा कोरोना विस्तार भएपनि ५ जिल्ला कोरोनामुक्त भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्