गण्डकी प्रदेशमा थपिए बिहानै १६ जना कोरोना संक्रमित
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार बिहान १६ नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा १६ नयाँ संक्रमित फेला परेका हुन् । बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बागलुङको गलकोट नगरपालिकामा ४, ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकामा १ रहेका छन् । बागलुङका ९ संक्रमितमध्ये सबै जना पुरुष हुन् । यस्तै, रघुंगंगा गाउँपालिका म्याग्दीका दुई महिला, एक पुरुष तथा मंगला गाउँपालिकाका एक पुरुष गरि म्याग्दीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

तनहूँको ऋषिङ गाउँपालिकामा एक पुरुष र पर्वतको कुश्मा नगरपालिकामा दुई पुरुष गरि आइतबार १६ नयाँ संक्रमित थपिएका हुन् । शनिबार मुस्ताङमा पनि एक संक्रमित थपिएसँगै गण्डकीको एघारै जिल्लामा कोरोना संक्रमण पुगेको छ । नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ५ सय ४ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #नयाँ संक्रमित थपिए
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्