विश्वमा कोरोना संक्रमितको संख्या ७६ लाख नजिक
काठमाडौं । बिश्वमा कोरोना भाइरस सक्रमितको संख्या ७६ लाख नजिक पुगेको छ । पछिल्लो बिवरण अनुसार बिश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७५ लाख ९७ हजार ६ सय ५५ पुगेको छ । कोरोनाकै कारण ४ लाख २३ हजार ८ सय ४४ जनाले ज्यान गुमाएका छन् । ३८ लाख ४१ हजार ५ सय ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोनाले सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा २० लाख ९० हजार संक्रमित पुग्दा १ लाख १६ हजारको ज्यान गएको छ ।
त्यस्तै, ब्राजिलमा ८ लाख ५ हजारबढी संक्रमित हुँदा ४१ हजार ५८ जनाले ज्यान गुमाएका छन् । भारतमा पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ । भारतमा २ लाख ९८ हजारभन्दा बढी संक्रमित हुँदा ८ हजार ५ सय १ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, बेलायतमा २ लाख ९१ हजारबढी संक्रमित हुँदा ४१ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् । बिश्वमा कोरोना फैलिने क्रम अझै तिब्र बनिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #कोरोना भाइरस सक्रमित
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्