नीति तथा कार्यक्रम जेठ २ गते
काठमाडौं २५ बैशाख । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७–०७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त पेश गर्ने कार्यतालिका तय भएको हो । प्रि–बजेट छलफल प्रतिनिधिसभामा तीन दिन र राष्ट्रिय सभामा दुई दिने हुनेछ । प्रतिनिसभामा वैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रिबजेट छलफल हुनेछ । सरकारले आर्थिक सर्वेक्षण भने जेठ १३ गते पेश गर्ने छ । जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ । संघीय संसदको अधिवेशन शुक्रबार दिउँसो ४ बजे सुरु हुँदैछ । कोरोनाबाट बच्न सकेसम्म सुरक्षाका उपाय अपनाएर बैठक चलाउने तयारी संसद सचिलायले गरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #नीति तथा कार्यक्रम
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्