सेनाको गाडीले ठक्कर दिदा एक जनाको मुत्यु
बाँके २० बैशाख । नेपाली सेनाको गाडी ठक्कर दिँदा कोहलपुरमा १ जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन । एनटीभी रोडमा सेनाको बा २ झ ६३४१ नम्बरको गाडीको ठक्करबाट भे ४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर २ निवासी किरण भुषालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का बारबर्दिया ४ निवासी प्रतीक्षा भुषाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते भुषालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर दशबिगाहमा उपचार भइरहेको छ । नेपालगन्जबाट कोहलपुर तर्फ आइरहेको नेपाली सेनाको गाडीले एनटिभी रोड चोकमा मोटरसाइकललार्इ ठक्कर दिएको थियो । ठक्कर पछी सेनाको गाडी रोड छेउमा रहेको डिभाइडरमा ठोकिएको दुर्घटनाका प्रत्यक्षदर्शीले बताएका छन । ठक्कर दिईसकेपछी नेपाली सेनाको गाडीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #सेनाको गाडीले ठक्कर दिदा
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्