न्यायिक समितीलाई कम्प्युटर प्रदान
रुकुम ६ मंसिर । रुकुम पश्चिमका तिन स्थानीय तहका न्यायिक समितिलाई कम्प्युटर बितरण गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) रुकुम पश्चिमको संजीवनी परियोजना अन्र्तगत जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिबेणि गाउँपालिकाका न्यायिक समितिलाई एक एक वटा कम्प्युटर बितरण गरिएको हो । मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रमका बिच न्यायिक समितिका संयोजकहरुलाई हस्तान्तर गरे । न्यायिक समितिले हरेक घटनालाई हेर्न फाइल पल्टाउनु पर्ने बाध्यता भएकोले सहजताका लागि कम्प्युटर बितरण गरिएको ओरेक नेपाल रुकुमका कार्यक्रम अधिकृत दुर्गा बजगाईले जानकारी दिइन । कार्यक्रममा न्यायिक समितिका संयोजक, कानुन अधिकृत र सदस्यहरुलाई घटना दर्ता र व्यबस्थापनका बिषयमा पनि केहि जानकारी दिइएको थियो । बाँफिकोट गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक मनकला पुनले न्यायीक समितिलाई आवश्यक रहेको सामाग्री बितरण गरेकोमा धन्यबाद ब्यक्त गर्दै यसको प्रयोग र व्यवस्थापनका लागि थप तालिम पनि दिनुपर्ने बताइन । परियोजना संयोजक बिन्दु शर्माले न्याय समितिलाई प्रभावकारी र प्रबिधियुक्त बनाउन कम्प्युटर प्रदान गरिएको र परियोजना अवधिभर कुनै न कुनै रुपमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिइन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रविधि, समाचार
ट्याग : #कम्प्युटर प्रदान
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्