चर्चाको शिखरमा “निस्ठुरे”
धनवीर दाहाल
लोकदोहोरीको क्षेत्रमा पछिल्लो पटक निस्ठुरे चर्चामा रहेको छ । लोक तथा दोहोरी गायिका सरिता कार्की र गायक कुलेन्द्र विश्वकर्माको आवाजमा ‘निष्ठुरे’ गितले चर्चा कमाएको हो । गत शुक्रबार साँझमात्रै सार्वजनिक गरिएको उक्त गीतमा शिव हमालको शब्द र लय रहेको छ । लाउछ माया नलाउने हैननीको अपार सफलतापछि सोहि टिमको गीत ‘निष्ठुरे’मा महेन्द्र गौतम र करिश्मा ढकालको अभिनय तथा नृत्य देख्न सकिन्छ । आफुले माया गरेको मायालाई प्रेमको आभास गराएको मिठो भावलाई गीतमा समेटिएको छ । ‘भन्दाभन्दै तिमी र तपाई, दिल बसेछ सुटुक्कै चाल नपाई १ चखेवाको जोडीझै होलानी कालले कुरे, भाग्यमा जुरे कति माया गरेछु मैले किन कुरा बुझ्दिनौ निष्ठुरे’ गीतमा यस्ता शब्द रहेका छन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । गीत स्वयं गायिका कार्कीको अफिसियल युटुवमार्फत सार्वजनिक गरिएको हो । गीतले दर्शक स्रोताको मन जितेको छ ।
पूरा भिडियो यहाँ हेर्नुहोस्
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #चर्चाको शिखरमा “निस्ठुरे”
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्