भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी, आइसीयूमा राखेर उपचार हुँदै
काठमाडौं २६ कार्तिक । भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । ९० वर्षीया लता मंगेशकरको आईसीयूमा उपचार भैरहेको र अवस्था स्थिर रहेको जनाइएको छ । भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।
क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #गायिका लता मंगेशकर गम्भीर बिरामी
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्