मदन पुरस्कार रणहारलाई, जगदम्बाश्री बैरागी काइँलालाई
काठमाडौं १ भदौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लेखक योगेश राजलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ । बैरागी काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । दुबै पुरस्कारको राशी ४–४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो । असोज १२ गते पुरस्कार वितरण गरिने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #manda puruskar
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्