च्याम्पियन्स लिग फुटबलमा फाइनलमा स्तब्ध क्याटलान जाइन्ट, मेस्सी तथा बार्सिलोनाको सपना चकनाचुर
काठमाडौं १२ जेठ । च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा ३–० को अग्रता लिएर पनि लिरभपुलसँग पराजित भएको बार्सिलोनाको त्यो पीडामा केही भए पनि राहत मिल्ने आश समाप्त भएको छ । मेस्सी तथा बार्सिलोनाले च्याम्पियन्स लिगबाट बाहिरिँदाको पीडामा घरेलु उपाधि थप गरेर मल्हम लगाउने सोचेका थिए । तर, त्यो पूरा हुन पाएन । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाको कोपा डेल रे फुटबलको उपाधि जित्ने सपना भ्यालेन्सियाले चकनाचुर पारेको हो । ला लिगाको उपाधि जितेको बार्सिलोनाले शनिबार राति कोपा डेल रे फुटबलको फाइनलमा लेन्सियाको सामना गरेको थियो । जसमा मेस्सी कप्तानीको बार्सिलोना पछि पर्यो । रियल बेटिसको मैदानमा भएको खेलमा बार्सिलोना लेन्सियासँग २–१ ले हारेको हो । भ्यालेन्सियाले पहलिो हाफमा नै दुई गोल गरेर अग्रता लिएको हो । उसका लागि २१ औँ मिनेटमा केविन गामेइरो र ३३ औँ मिनेटमा रोड्रिगोले गोल गरेका हुन् । पहिलो हाफमा २–० ले पछि परेको बार्सिलोनाका लागि ७३ औँ मिनेटमा कप्तान मेस्सीले एक गोल फर्काए, तर त्यो गोल हार टार्न पर्याप्त हुन सकेन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्