चेल्सीसँग नयाँ सम्झौता गरे ओलिभर जिरउडले
काठमाडौं ८ जेठ । चेल्सीका स्ट्राइकर ओलिभर जिरउडले क्लबसँग नयाँ सम्झौता गरेका छन् । ३२ वर्षका जिरउडले चेल्सीसँग सन् २०१९–२० को सिजनको अन्त्यसम्म रहने गरि सम्झौता गरेका हन् । विश्वकप विजेता फ्रान्सेली खेलाडी जिरउडले नयाँ सम्झौताबाट आफू निकै खुशी रहेको जानकारी दिए । आफू कम्तिमा अझै एक वर्ष क्लबमै रहन चाहेको र नयाँ सम्झौताले त्यो पूरा भएको उनले उल्लेख गरे । उनको यसअघिको सम्झौता यहि समरमा सकिँदै थियो । अनुभवी जिरउड सन् २०१८ को जनवरीमा लण्डनको अर्को प्रतिस्पर्धी क्लब आर्सनलबाट चेल्सी आएका हुन् । उनले चेल्सीबाट अहिलेसम्म ६२ खेलमा १७ गोल गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्