म्यानचेस्टर सिटीको ह्याट्रिक, १ सय १६ वर्षपछि सानदार जित
काठमाडौं ५ जेठ । इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ । काराबाओ कप अर्थात लिग कप र प्रिमियर लिगको उपाधि जितेको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि सानदार जितेको हो । शनिबार राति भएको फाइनलमा वाट्फोर्डमाथि शानदार जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि पाएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिसस र रहिम स्ट्रर्लिङ्गले दुई–दुई तथा डेविड सिल्भा र केविन डी ब्राउनले एक–एक गोल गरेका थिए । सिटीले १ सय १६ वर्षपछि एफए कपमा सबैभन्दा फराकिलो जित निकालेको हो । सन् १९०३ मा एफए कप फाइनलमा बरीले डर्बीलाई ६–० ले हराएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्