नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद, औपचारिक उद्घाटन राष्ट्रपतिबाट
बाँके ५ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिताका केही खेल गत चैत २७ गतेदेखि सञ्चालन भइरहेका छन् । औपचारिक रुपमा प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका ६ बजे नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा गर्ने कार्यक्रम छ । प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिता पहिलो पटक निरन्तर सञ्चालन भइरहेको छ । सातौँ प्रतियोगिता २०७३ सालमा प्रदेश १ मा भएको थियो । करिब एक अर्ब लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । करिब ११ करोड अझै पनि उपलब्ध भएको छैन् । प्रतियोगितामा पुरुषतर्फ दुई हजार ८२५ तथा महिलातर्फ दुई हजार ३८६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा पहिलो पटक गैरनेपाली आवासीय सङ्घ एनआरएन को समेत सहभागिता रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्