युभेन्ट्स उपाधिको नजिक छन् रोनाल्डो
काठमाडौं २० । ईटालियन सिरि ए फुटबलको पछिल्लो खेलमा युभेन्ट्सले जित निकालेको छ । मंगलबार राति भएको खेलमा उसले काग्लीयारीलाई २–० गोल अन्तरले हराएको हो । पछिल्लो जितले युभेन्ट्सले दोस्रो स्थानको नापोलीसंग तालिकामा १८ अंकको अग्रता लिएको छ । उसलाई लिग उपाधिका लागि मात्र १० अंकको आवश्यकता छ । २२ औ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । मोईस केनले ८५ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे । तर युभेन्ट्सको जित रंगभेदी ब्यवहारको कारण छायाँमा प¥यो । दोस्रो गोल गरेका केननै त्यसको सिकार बने । गोल लगत्तै उनले मनाएको सेलिब्रेसन विवादमा परेको थियो । शीर्ष स्थानको युभेन्ट्सले ३० खेलबाट ८१ अंक जोडेको छ । काग्लीयारी ३३ अंक सहित १३ औ स्थानमा छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्