मेस्सीको २ गोलमा बार्सिलोनाको जित
काठमाडौं १७ चैत । लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक २ गोल गरेपछि स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ । जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ५६ अंक छ । स्पान्योलको भने २९ खेलबाट ३४ अंकसहित अंकतालिकाको १४ औं स्थानमा छ । पहिलो खेल गोलरहित बराबरीमा रोके पनि स्पान्योलले नाउ क्याम्पमा बार्सिलोनाको अग्रपंक्तिलाई रोक्न सकेन । मेस्सीले खेलको ७१ औं र ८८ औं मिनेटमा गोल गरे । यससँगै मेस्सी ले जारी सिजन आफ्नो गोलसंख्या ४० पुर्याए । त्यसमध्ये ३१ गोल ला लिगामा गरेका छन् । मेस्सी ला लिगा इतिहासकै सर्वाधिक गोलकर्तासमेत हुन् । ३१ वर्षीय अर्जेन्टिनी सुपरस्टार मेस्सीले सन् २००९ दशौंपल्ट प्रति सिजन कम्तीमा ४० गोल गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hotel
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्