प्रदेश दुईमा एसईईका बाँकी सबै विषयका परिक्षा स्थगित
काठमाडौं १५ चैत । राष्ट्रिय परिक्षा बोर्डले प्रदेश दुईमा एसईईका बाँकी सबै विषयको परिक्षा स्थगित गरेको छ। परिक्षा अघि नै विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले प्रदेशभरकै परिक्षा स्थगित गरेको हो।शुक्रबार साँझ शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अति सुरक्षित रहने प्रश्न पत्र बाहिरिनु गम्भिर भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीले अनुसन्धान थालिसकेको जानकारी दिए।‘ मन्त्री पोखरेलले यो अप्रिय घटना भएको भन्दै आपराधिक घटनाका रुपमा लिएको बताए । कानुनी दायरामा ल्याउन प्रतिबद्ध रहेको मन्त्री पोखरेलले बताए । बिहीबार विज्ञान विषयको परिक्षा भएपनि प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि रद्ध गरिएको थियो। शुक्रबार हुने भनिएको सामाजिक विषयको पनि प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि त्यस विषयको भने परिक्षा नै नभई स्थगित भएको थियो। विज्ञान विषयको परिक्षा आगामी चैत २२ गते हुने र बाँकी विषयको परिक्षाको तालिका यसै महिनाभित्र सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्