आइपिएल शनिबारबाट सुरु हुदै, विराट र धोनीको पहिलो प्रतिष्पर्धा
काठमाडौं ९ चैत । ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विश्वको सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धाका रुपमा हेरिएको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको १२ औँ संस्करण शनिबारदेखि सुरु हुन लागेको छ । यो सिजनको सुरुवात गएको सिजनको विजेता चेन्नई सुपुर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिचको खेलबाट सुरुवात हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले सन् २०१०, २०११ र २०१८ गरि तीनपटक आइपिएल च्याम्पियन बनेको थियो । सन् २००८, २०१२, २०१३ र २०१५ गरि चारपटक चेन्नई उपविजेता बनेको हो । सात पटक आइपिएलको फाइलन खेल्ने चेन्नई एक मात्र टिम हो। सफलताको स्वाद लिएको चेन्नई सबैभन्दा विवादित पनि बन्यो । चेन्नईमाथि सन् २०१६ र २०१७ मा खेल मिलेमतोको आरोप लाग्यो । मालिक खेल मिलेमतोमा सामेल भएको आरोपमा दुई वर्ष टिममाथि प्रतिबन्ध लाग्यो । गएको वर्षको विजेता चेन्नई आफ्नो मैदान एमए चिदाम्बरम रंगशालमा भारतीय टिमका कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धाका लागि उत्रिँदा गएको वर्षको याद रहनेछ । धोनीले आफ्नो बलबुतामा गएको वर्ष टिमलाई च्याम्पियन बनाएका थिए । चेन्नईमा धोनीसहित आइपिएलका सफल ब्याट्सम्यान सुरेश रैना, फाप डुप्लेसिस, अम्बाती रायडू, मुरली विजयी र साम बिलिङ्गसहितका खेलाडी छन् । यस्तै केदार धाजव, ड्वेन ब्रावो, रवीन्द्र जडेजा र शेन वाट्सन जस्ता खेलाडी पनि छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्